काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली बिना नै स्थायी कमिटी बैठक बसेको छ ।
आज ११ बजेको लागि बोलाइएकोमा अन्तिम अवस्थामा ओली पक्षले स्थगित गरेका थिए । भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले बैठक रोक्न नहुने भन्दै बैठकको प्रारम्भ गरेका थिए । भेटघाट गर्नुअघि ओली र प्रचण्डबीच भेटघाट भएको र भेटघाट पछि लगत्तै बैठक शुचारु गरिएको स्रोत जनाएको छ ।
बैठकमा २० जना भन्दा बढि स्थायी कमिटी सदस्यहरु उपस्थित रहेका छन् । तर ओली निकटका भने कोही पनि बेठकमा उपस्थित रहेका छैनन् ।
त्यस्तै पार्टी उपाध्यक्ष समेत रहेका बामदेव गौतमले भने ६ बुँदे प्रस्ताव गरेर ओलीलाई साथ दिएका छन्। उनले पुरै कार्यकाल ओली प्रधानमन्त्री हुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया