काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उडड्यान मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य
योगेश भट्टराईले पार्टी दुर्घटना नजिक रहेको संकेत गरेका छन् ।
आज बिहान ११ बजेका लागि तय गरिएको बैठक अन्तिम अवस्थामा रोकिएपनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पक्षले असन्तुष्टि जनाउँदै बैठक बसिरहेका छन् । एक पक्षले बैठक रोकिएको घोषणा गर्ने र अर्को पक्षले बैठक बस्ने कुरालाई इगिंत गर्दै भट्टराईले त्यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले पार्टी दुर्घटना नजिक रहेकाले सबै रोकिन र सल्लाह गर्न समेत आग्रह गरेका छन् ।
उनले भनेका छन्, “दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया