एमबाप्पेले च्याम्पियन्स लिगको खेल गुमाउने

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेले च्याम्पियन्स लिगको क्वाटरफाइनलको खेल गुमाउने भएका छन् । एन्कल इन्जुरीका कारण एमबाप्पेले अगष्ट १२ मा हुने एटलान्टासँगको क्वाटरफाइनल खेल गुमाउने भएका हुन् ।

२१ वर्षीय एमबाप्पेले फ्रेन्च कपको फाइनल खेलमा चोट बोकेका थिए । उनलाई सेन्ट इटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए । एमबाप्पेको चोट निको हुन कम्तिमा ३ साता लाग्ने बताईएको छ ।

तर, पीएसजी सेमिफाइनलमा पुगे उनी अगष्ट १८ मा उक्त खेलबाट भने मैदान फर्कन सक्ने बताईएको छ । च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको लिस्बनमा अगष्ट २३ मा हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?