राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरुक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण भएको छ ।

ह्वाइट हाउसले सोमवार उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ट्रम्प प्रशासनमा अहम फैसलाका लागि प्रमुख मानिने ओब्रायनले अब सेल्फ आइसोलेसनबाटै आफ्नो काम गर्ने बताइएको छ ।

उनीबाट राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि कोरोनाको कुनै खतरा नरहेको बताइएको छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म अमेरिकामा १ लाख ५० हजार ४४४ जनाको मृत्यु भएको छ भने ४४ लाख ३३ हजार ४१० जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?