काँग्रेसले पुराना नेतालाई कारबाही गरेर पूर्वपञ्चलाई भित्र्यायो

राप्रपा नेता सुनीलबहादुर थापासहितको कांग्रेस प्रवेश यस्तो बेला हुँदै छ, जहाँ आसन्न महाधिवेशनलाई लिएर नेताहरूबीच नेतृत्वको लडाइँ चलिरहेको छ । यही बेला, अर्को संयोग थपिएको छ, पार्टीका पुराना नेतामाथि कारबाही ।

एकातिर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरिएको छ, अर्कोतर्फ राप्रपाबाट सुनीलबहादुर थापासहितका नेताहरूलाई मंगलबार पार्टीमा प्रवेश गराइँदै छ ।
थापालाई सहमहामन्त्री र अरू पाँच नेतालाई केन्द्रीय सदस्य दिएर राप्रपा नेताहरूलाई भित्र्याउने तयारी भइरहँदा जोशी, ओझा र विष्टमाथि भएको कारबाहीप्रति भने पार्टीमा असन्तुष्टि छ ।

आफ्ना पार्टीका नेतालाई कारबाही गरेर अर्को पार्टीबाट भित्र्याउँदा कार्यकर्तामा नकारात्मक सन्देश जाने भन्दै अर्जुननरसिंह केसी, शेखर कोइराला, मीनेन्द्र रिजाललगायत नेताहरूले असन्तुष्टि जनाएका छन् ।
थापाको कांग्रेस प्रवेशको चर्चाले राप्रपाको समेत जग हल्लाएको छ ।कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?