सशस्त्रले यसरी गुमायो मिसनबाट ४२ करोड

ष्ट्रसंघले तोकेको मापदण्डअनुसार बन्दोबस्तीका सामान खरिद तथा व्यवस्थापन समयमै गर्न नसकेपछि सशस्त्र प्रहरी बल (एपीएफ) ले दक्षिण सुडानस्थित दुइटा फर्म पुलिस युनिट (एफपीयू) मिसनबाट ४२ करोड रुपैयाँभन्दा बढी रकम गुमाएको छ । एफपीयूले प्रयोग गर्ने सामानको खरिद, व्यवस्थापन, मर्मतलगायत काम समयमै गर्न सकेको भए यो रकम गुम्ने थिएन ।
राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिसन) मातहत राजधानी जुवा र अर्को सहर बोरमा तैनाथ एपीएफका दुई एफपीयूले ६ वर्षमा ३५ लाख ३५ हजार ९ सय ८५ अमेरिकी डलर नोक्सानी बेहोरेको हो ।
यी दुई मिसनमा ३ सय २० जना सशस्त्र प्रहरी एफपीयूका रूपमा तैनाथ छन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?