काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ६ लाख ५६ हजार ४८८ जनाको मृत्यु भएको छ भने १ करोड ६६ लाख ४२ हजार २६४ जनालाई संक्रमण भएको छ भने १ करोड २ लाख ३१ हजार ५६७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार ५७३ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३३ हजार ४४८ जनाको मृत्यु भएको छ भने १४ लाख ८२ हजार ५०३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९ लाख ५३ हजार १८९ जना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा ४ लाख ९५ हजार ८६६ जना स्वास्थ्योपचार गराईरहेका छन् । भारतमा सोमवार मात्रै ४६ हजार ४८४ जना संक्रमित थपिएका छन् भने ६३६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया