नेपालको राजनीतिक तथा प्रशासनिक भूभागअन्तर्गत रहेको गुन्जी, कालापानी, लिम्पियाधुरालाई ‘आफ्नो क्षेत्र’ उल्लेख गर्दै उक्त क्षेत्रमा नेपाली गुट/समूह अवैध रूपमा घुसपैठ गरिरहेको भन्दै उक्त आवागमनबारे सूचना दिन धार्चुलास्थित भारतीय प्रशासनले दार्चुला जिल्ला प्रशासनलाई ‘ध्यानाकर्षण पत्र’ पठाएको छ ।
उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला धार्चुला तहसिल कार्यालयका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले सीमावर्ती दार्चुलाका प्रमुख जिल्ला
अधिकारी (प्रजिअ) लाई सम्बोधन गरी पत्र पठाएका हुन् ।
परराष्ट्र मन्त्रालयले भने दार्चुला जिल्ला प्रशासनलाई भारतको स्थानीय तहले लेखेको पत्रबारे औपचारिक जानकारी नरहेको बताएको छ ।
मन्त्रालयका एक उच्च अधिकारीले गृह मन्त्रालयमा बुझेर मात्रै यसबारे जानकारी दिन सकिने प्रतिक्रिया दिए । तर गत असार ३० मा लेखिएको उक्त पत्रबारे गृह मन्त्रालय तथा दार्चुला जिल्ला प्रशासन जानकार छ ।
पत्रको विवरण र आशयबारे जानकारी भए पनि भारतीय प्रशासनले भनेझैं लिम्पियाधुरासम्मको नेपाली भूभागमा नेपाली नागरिक आवागमनबारे भारतलाई जानकारी दिइरहनु नपर्ने दार्चुला जिल्ला प्रशासनको बुझाइ छ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया