सबै भन्दा धेरै कोरोना संक्रमित भएका यी ५ देश

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ५४ हजार ४४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ६५ लाख ३४ हजार ३ सय २२ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड १२ हजार ५ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ३ सय ९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५० हजार २७ जनाको ज्यान गइसकेको छ ।

बितेको २४ घण्टामा २५ हजार ७४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४३ लाख ९६ हजार ९ सय १३ पुगेको छ । हालसम्म २१ लाख १ हजार ३ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ९ सय ९७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ७९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ३ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २४ लाख २ हजार २३ हजार ७ सय ९८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ७ हजार १ सय ३१ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १६ लाख ३४ हजार २ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७९ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ४ सय ४८ पुगेको छ । बितेको २४ घण्टामा ४६ हजार १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १४ लाख ८२ हजार १ सय २० पुगेको छ । हालसम्म ९ लाख ५१ हजार ६ सय ६५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ३६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार ३ सय ५४ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ६ सय ३५ जनामा कोरोना पुष्टि भएको र ५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ३ हजार ३ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय ६९ पुगेको छ । हालसम्म ४ लाख ४५ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?