कोरोना : विश्वभरबाट १ करोड बढी संक्रमण मुक्त भइ घर फर्किए

काठमाडौं । विश्वभरबाट हालसम्म विश्वभरबाट १ करोड १ लाख २७ हजार ५ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण ६ लाख ५४ हजार ४४ जनाको ज्यान गएको छ ।

त्यस्तै हालसम्म विश्वभरका १ करोड ६५ लाख ३४ हजार ३ सय २२ जनामा कोरोना संक्रमण फैलिएको छ । भने संक्रमितमध्ये ६६ हजार ३ सय ९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?