काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ५४ हजार ८७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ६५ लाख ३६ हजार ५ सय १२ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड १ लाख २७ हजार ७ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ४ सय ४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५० हजार २७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २५ हजार ७४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४३ लाख ९६ हजार ९ सय १३ पुगेको छ । हालसम्म २१ लाख १ हजार ३ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ९ सय ९७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ७९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ३ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २४ लाख २ हजार २३ हजार ७ सय ९८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ८७ हजार १ सय ३१ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १६ लाख ३४ हजार २ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७९ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ४ सय ४८ पुगेको छ । बितेको २४ घण्टामा ४६ हजार १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १४ लाख ८२ हजार १ सय २० पुगेको छ । हालसम्म ९ लाख ५१ हजार ६ सय ६५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ३६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार ३ सय ५४ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ६ सय ३५ जनामा कोरोना पुष्टि भएको र ८५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख १८ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ३ हजार ३ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय ६९ पुगेको छ । हालसम्म ४ लाख ४५ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा १८ हजार २ सय २९ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ३ लाख ८४ हजार ७ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ६७ हजार ८ सय ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय २४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ५ हजार ४ सय ८० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ९० हजार ५ सयय १६ पुगेको छ । हालसम्म कोरोनाको कारण ४३ हजार ६ सय ८० जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ३ सय ६ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा २ लाख ५१ हजार ५ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ९ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ८७ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा २ हजार बढीमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ४७ हजार ९ सय २३ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख १९ हजार ९ सय ५४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १८ हजार १ सय ९० जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय ३२ पुगेको छ । हालसम्म ३ लाख १९ हजार ५ सय १ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा कोरोनाको कुनै असर देखिएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया