शैलीमा ‘शैली संवाद’ शुरूवात

काठमाडौं । दर्शकहरुको भिडभाड हुने सबै रंगमंच गत ६ महिना देखि बन्द भएका छन ।

२०६५ सालमा स्थापनाभइ सकृय नाट्य संस्था शैली थिएटरको काठमाडौंको रातोपुलमाअवस्थित नाटकघर पनि सुनसान जस्तै छ । नियमित नाटक मन्चनकार्य ठप्प भएपनि शैली थिएटर भने सक्रिय भइरहेको छ ।

भर्चुअल माध्यमबाट सन्चालन गरेको विश्व बाल कविता महोत्सवहोस, वा राष्ट्रिय स्तरमा आयोजना गरेको निबन्ध प्रतियोगिता होस् शैली थिएटर आफ्ना दर्शक सग जोडिने शिलशिला कायम नै राखेको छ ।

अहिले शैली थिएटरले आफ्नो फेसबुक पेज मार्फत लाईभ गरेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वसँग भलाकुसारी गर्ने गरि ’शैली संवाद’को शुरूवात गरेको छ । हरेक एक दिन बिराएर फेसबुक मार्फत विभिन्न बिषयमा कुराकानी गर्ने योजना अनुसार भिन्न भिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ ।

यस थिएटरका महासचिव एवम कार्यक्रमका परि कल्पनाकार नारायण न्यौपाने बताउछन, “लकडाउन पछि पनि जिवन अझै सहज नभएकोले ठुलो समुह नाटकघर आएर कामगर्ने अवस्था छैन । हाम्रा साथीहरु पनि उपत्यका बाहिर आ-आफ्नो घर गएका छन् । यस कारण पनिभर्चुयल माध्यम बाट आफ्नादर्शक र सहकर्मी संग सम्बन्धजोडी राख्न सानो समुहमाकाम शुरु गरेका छौं ।“

न्यौपानेका अनुसार ’शैली संबाद’को औपचारिक शुरूवात शैलीले आयोजना गर्ने ११ औं राष्ट्रिय बाल नाटक महोत्सवबाट भएको थियो । कार्यक्रम संयोजकतथा प्रस्तोता सरस्वती अधिकारी, “उक्त संवाद मुलक कार्यक्रम दर्शक एवंम स्रोताले रुचाएकै कारण त्यसैलाई निरन्तरता दिएका हौ ।

अबअहिलेको परिस्थितिमा फेसबुक लाईभ मार्फत दर्शक माझपुग्ने अभिप्रायले ’शैली संवाद’को शुरूवात गर्नु सुखत रहेको छ ।“

साउन १० गते शनिबार रङ्गकर्मी, कलाकार तथा निर्देशक प्रल्लाद खनालसँग कुराकानी गर्दै ’शैली संवाद’ को यो सिजन शुरु भएको हो । संवाद हजारौं दर्शकले प्रत्यक्ष हेरेको र समग्रमा १८ हजार दर्शक माझ पुगेकोले अझ हौसला मिलेको धारण सस्थाका अध्यक्ष नबराज बुढाथोकीले व्यक्त गरे ।

१२ गते सोमबार सगुना शाहले नेपालमा किताव अध्ययन गर्ने बानीको बिकास र रंगमंचमा केन्द्रित भएर आफ्नो अभिव्यक्ति दिएकी थिइन ।

एक दिनको अन्तरालमा शैली संवादनिरन्तर दुई हप्तासम्म चल्ने छ । दिउँसो ठिक चार बजे शैली थिएटरको अफिसियल फेसबुक पेज मार्फत लाईभ हेर्न सकिने तथालाईभ हेर्न छुटेका दर्शकले पुन उक्त पेजमा गएर संवाद हेर्न र सुन्न सक्नेछन ।

शैली थिएटरका व्यवस्थापक सुबास सुबेदीका अनुसार साउन १४ गते नाटककार अषेश मल्ल, १६ गते प्यापसन महासचिव कुमार घिमिरे, १८ गते आइतवार समिक्षक र निबन्धकार कुमारी लामा, २० गते मंगलबार निर्देशक र कलाकार रिता साह, २२ गते बिहिवार कला पत्रकार वर्षा महर्जन, २४ गते शनिबार लेखक अभिमन्यु निरवी र २६ गते सोमबार ’किताब यात्राका’प्रबन्ध निर्देशक बिकेश भट्टराई अतिथी रहेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?