काठमाडौं । राप्रपा परित्याग गरेका सुनिल थापासहितका नेता कार्यकर्ता भोलि कांग्रेस प्रवेश गर्ने भएका छन् । उनीहरुलाई स्वागत गर्न पार्टी कार्यालयमा भव्य कार्यक्रमको आयोजना गरिएको छ ।
कांग्रेससँग भएको सहमतिअनुसार थापाले सहमहामन्त्री पाउनेछन् भने अन्य ५ जनाले केन्द्रीय सदस्य पाउनेछन् । राप्रपाका हस्ती स्वर्गाीय सूर्यबहादुर थापाका छोराको कांग्रेस प्रवेश लामो छलफलपछि तय भएको हो ।
सोहीअनुसार दुई दिनअघि थापासहित ३१ नेताले राप्रपा परित्या गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया