भोलि नेकपा बैठक बस्दै, ओली-प्रचण्ड टाढिए

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको नेकपा बैठक मंगलबार पुनः बस्ने कार्यक्रम छ । तर दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच छलफल हुँन नसक्दा राजिनामासहितका विवादित विषयमा सहमति जुट्न सकेको छैन ।

३ दिनअघि प्रचण्डले ओली पार्टी फुटाउन लागिपरेको आशयको अभिव्यक्ति दिएसँगै दुई नेता थप टाढिएका छन् ।

यही लफडाका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवाद थप पेचिलो बन्दै भएको छ ।

आज दिनभर ओली इतरका नेताहरु छलफलमा जुटेको र कुनै पनिहालतमा बैठक रोक्न नहुनेमा प्रचण्डलाई सुझाएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?