निरज शाही र प्रद्युम्न कार्की प्रहरी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका डीआईजीद्वय निरज शाही र प्रद्युम्न कार्की एआईजीमा बढुवा भएका छन् ।

मन्त्रिपरिषद्का सोमबारको बैठकले गृह मन्त्रालयको सिफारिसको आधारमा उनीहरुको बढुवा गर्ने निर्णय गरेको हो ।

गत ३१ असारमा नेपाल प्रहरीको रिक्त रहेको अतिरिक्त महानिरीक्षक एआईजी उनीहरुको बढुवा सिफारिस गरेको थियो ।

बढुवा भएका शाही पहिलो नम्बर र कार्की दोस्रो नम्बरमा रहेका छन् ।

यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा फेरी रमेश कुमार सिलवाल नियुक्त गरेको छ ।

बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?