काठमाडौं । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि कार्यकारी निर्देशकमा सुरेश कार्की रहेको भएपनि उनलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विवादास्पद अन्तर्वार्ता लिएको निहुँमा हटाइएको थियो ।
अन्तर्वार्तामा बाबुरामले ओलीको आलोचना गर्दा कार्कीलाई स्पष्टीकरण सोधिएको थियो भने पछि हटाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया