फैसलामाथि प्रश्न उठेपछि बोल्यो सर्वोच्च, फैसलामा त्रुटि भएकै हो ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे चौतर्फी प्रश्न उठ्नुका साथै अदालतको विश्वसनीयतामाथि नै प्रश्न उठाउने काम भएपछि सर्वोच्चले यसबारे स्पष्ट पार्न एक विज्ञप्ति जारी गरेको छ ।

सोमबार सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको विज्ञप्तिमा अदालतबाट फैसला वा आदेश भइसकेपछि ती फैसला वा देशहरु सार्वजनिक स्वामित्वका विषय बन्ने बताएका छन् ।

उनले फैसला वा आदेश उपर स्वच्छ टिप्पणी वा आलोचना हुन सक्ने भन्दै त्यसको पनि निश्चित सीमा र मापदण्डमा रहेर हुनुपर्ने बताएका छन् ।

तर, सञ्चारमाध्यमका साथै सडकमा न्यायपालिकाको कामकाजमा भ्रम सिर्जना हुनेगरी समाचार प्रवाह भएको भन्दै सर्वोच्चले आपत्ति जनाएको छ ।

यद्यपि रञ्जन कोइरालाको मुद्दाको सन्दर्भमा त्रुटि भएकोबारे सर्वोच्चले स्पष्ट नभनेपनि घुमाउरो शैलीमा गल्ती स्वीकारेको छ । ‘न्याय सम्पादनका क्रममा हुनसक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानुनी र न्यायिक अभ्यासको माध्यमबाट स्थापित गरिएको बेहोरा विदितै छ’, विज्ञप्तिमा भनिएको छ ।

आफ्नै श्रीमतीको हत्या अभियोगमा कैद मिनाहा भएर बिहीबार छुटेका सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाविरुद्धको मुद्धा अघि बढाउन सर्वोच्चले आइतबार अनुमति दिएको थियो ।

सर्वोच्चको आइतबारको पूर्ण इजलासले सरकारले पुनरावलोकनका लागि दिएको निवेदनलाई अघि बढाउन अनुमति दिइसकेको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/court-release.pdf” title=”court release”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?