कोरियाका लागि अमेरिकी राजदूतले खौरिए जुँगा !

काठमाडौं । दक्षिण कोरियाका लागि अमेरिकी राजदूत ह्यारी हेरिसले आफ्नो जुँगाका बारेमा विवाद सिर्जना भएपछि जुँगा खौरिएका छन् ।

त्यसो त उनले विवादकै कारण आफूले जुँगा खौरिन ुपरेको तथ्य स्वीकारेका छैनन् । उनले बढ्दो गर्मी र कोरोना संक्रमणबाट बच्नका लागि मास्क लगाउन असजिलो भएका कारण आफूले जुँगा खौरिने निर्णय गरेको सन्देशसहित ट्वीटरमा एउटा भिडियो क्लिप जारी गरेका छन् ।

यद्यपि उनी अमेरिकी राजदूतको जिम्मेवारीसहित दक्षिण कोरिया आएदेखि नै उनको जुँगाका बारेमा विवाद सुरु भएको थियो । केही दक्षिण कोरियालीले उनको जुँगालाई आफूहरुप्रतिको ‘अपमान’का रुपमा लिँदै आएका थिए ।

अमेरिका र दक्षिण कोरिया मित्र राष्ट्र हुन् । दुवै मुलुकबीच सैन्य सम्बन्ध रहँदै आएको छ । राजदुत हेरिसको जुँगा कै कारण दुई देशबीचकै नागरिकस्तरको सम्बन्धमा असर पर्ने त होइन भन्ने आशंका भइरहेको समयमा उनले जुँगा खौरिएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?