काठमाडौं । प्रहरीले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा २ लाख ७९ हजार ९ सय १० ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा सामान नपुर्याइ ठगी गर्ने धनुषाका २४ वर्षीय धीरज साहलाई आज पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी, लेडिज कपडा नेपालमा होम डेलीभरी गराइदिने भनी विश्वासमा पारी उक्त रकम ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका उनले भारतबाट बेवी कार सिट मगाउने पीडितले ई–सेवाबाट पठाएको नौ हजार, भारतबाट साडी कुर्था ल्याउने भनी पीडितसँग लिएको ७७ हजार ७००, सिको घडी मगाउनका लागि पीडितसँग लिएको ४९ हजार ५५०, जेन्स कपडा ल्याउन पीडितसँग लिएको १४ हजार ८७५, औषधि तथा मोबाइल ल्याउन पीडितसँग लिएको ७३ हजार ७ सय ८५ ठगी गरेका छन् ।
उनलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया