विद्यार्थी र युवा माझ लोकप्रिय बन्दै शेयर बजार

केशव अधिकारी / झापा । पढाई र सिकाई यी दुबै कुनैपनि व्यक्तिका जीवनमा चलिरहने एक निरन्तर प्रक्रिया हो । पढाई र सिकाई जो कोहीका लागी महत्वपुर्ण रहेको छ । विद्यार्थी जीवनमा हर कोही चाहन्छ कि, विद्यालय तथा कलेजलाई तिर्न बुझाउन पर्ने शुल्क र यसका लागि आफूलाई पढ्न र लेख्नका लागि आवस्यक सामाग्री समेत अविभावकलाई तिर्न, बुझाउन नलगाई स्वयम् आफुले नै तिर्न बुझाउन पाए ! आफू आत्म स्वाबलम्वन हुन पाए !

जसका लागि विधार्थीलाई शेयर बजार एक उपयुक्त ठाऊ हुन सक्छ । जहाँ उनीहरुले आफु आत्मस्वबलम्बन हुने अवसर पाउँछन् । नेपालमा शेयर बजार सम्बन्धि निरीक्ष्ण तथा सुपरीवेक्षण नेपाल धितोपत्र बोर्डले गर्दै आएको छ । यसको स्थापना बि.सं. २०५० साल पौष २९ मा ५८.६५ प्रतिशत नेपाल सरकारको, ३४.६ प्रतिशत नेपाल राष्ट बैंकको, ६.१२ राष्टिय वाणिज्य बैंकको र ब्रोकरको ०.६२ प्रतिशतको संयुक्त लगानी रही चुक्ता पुँजी लगभग अमेरिकी डलर ४.५ मिलियन भई यसले विभिन्न १० क्षेत्रको २५५ ओटा स्टकको शेयर तथा डिबेन्चरको कारोबार ५० ओटा ब्रोकर कम्पनीको माध्यमबाट ४३ ओटा शाखा अन्तर्गत रही गर्दै आएको छ ।

यी ५० ब्रोकर कम्पनी अन्र्तगत रही सर्वसाधरण तथा लगानीकर्ताले बिभिन्न कम्पनीले जारी गरेको शेयर तथा डिवेन्चरमा लगानी गर्ने गर्दछन । कम्पनीले सम्झौता गरेको क्यापिटल कम्पनी मार्फत प्राथमिक सेयरको निश्कासन गर्दा तपाई हामी सर्वसाधारण व्यक्तिले समेत लगानीको अवसर पाउँछौ ।

जसअन्र्तगत कम्पनीले प्राथमिक शेयर निष्कासन पूर्व जारी गरेको विवरण पत्रमा उल्लेखित बमोजिम प्रति कित्ता १०० का दर न्युनतम कित्ताका लागी आबेदन दिन सकिन्छ । यसका लागि लगानी पूर्व तपाई हामी लगानी गर्न ईच्छुक व्यक्तिले आफुलाई पायक पर्ने बैंकमा बचत खाता, कुनै बैंकका सहायक कम्पनी तथा ब्रोकर कम्पनीमा डिम्याट खाता हुन जरुरी रहेको छ । जब सम्बन्धित कम्पनीले प्राथमिक शेयर बाँडफाँड गरी सेबोन हुँदै धितोपत्र बोर्डमा लिस्टेड हुन्छ तब आफू नजिकै रहेको पायक पर्ने ब्रोकर कम्पनी कहाँ गई धितो पत्र खरिद बिक्रीका लागी ग्राहक पहिचान विवरण फरम भर्नू पर्ने हुन्छ ।

यसरी शेयर तथा डिबेन्चर खरिद बिक्री प्रक्रियाको जानकारी गरी रहँदा केही सेयर कर्मचारीका लागी त केही सेयर लगानी कोषका लागी छुट्याई मिती २०७४ ०९ २१ देखी मिती २०७४/०९/२५ सम्म प्रती सेयर कित्ता १०० का दरले न्युनतम १० कित्ता र अधिकतम ८२० कित्तासम्म आबेदन गर्न मिल्ने गरी प्रथमिक सेयर निष्कासन गरी मिती २०७४ १० २६ मा बाडफाड गरेको उन्नती माइक्रोफइनान्स कम्पनीलाइ जोड्न चाहान्छु ।

उक्त कम्पनीले आफ्नो शेयरको नेपाल धितो बार्डमा दर्ता गरी दोस्रो बजारमा प्रती कित्ता १६८.५९ देखी ५०६ बाट कारोबार गर्न मिल्ने भई अधिकतम मुल्य ५०६ आफ्नो कारेबार शुरु गर्यो । त्यस यता उक्त कम्पनीको मुल्य दिन प्रतिदिन निरन्तर बढेर मिति २०७५ अषाढ ३ गते अधिकतम मुल्य २२७५ पुगी अलिकती घटेपनी जहाँ मैले २११० मा बेच्न भ्याए । जसबाट ब्रोकर कमिसन, सेबोन फी, डि।पी फी,पुँजीगत लाभकर कटाई १८,९०० पाए । ल मलाई बताई दिनुस यस्तो कुन क्षेत्र छ जसबाट जो कोही्ले १००० लगानी गरी करिब साढे पाँच ९५० महिनामा १७,९०० (बिक्रि बापत आएको मूल्य) १८९०० – १००० ९खरिद रकम० मुनाफा कमाउछ जसको लगानीमा प्रतिफल १७९० प्रतिशत हुनेछ । यो त एक कुनै कम्पनीको शेयरको उदाहरण हो यसरी जसबाट कुनै पनि बिद्यार्थीले आफु पढ्ने बिद्यालयमा लाग्ने वार्षिक शुल्क तिर्न साथसाथै पढ्न लेख्नका लागि आवस्यक सामाग्री सजिलै जुटाउन सक्छ ।

आफ्ना अभिबावक संग आसित नभई ऊ आफु आत्म स्वावलम्बन हुन सक्नेछ । प्रिय विद्यार्थी साथीहरु हामी मालिक बन्न पर्छ नोकर हैन । किनकी मालिकलाई मात्र थाहा हुन्छ कि म जे गर्दैछु मेरै लागि गर्दैछु । हामीले यतीबेला जति सक्दो पढ्नु पर्छ । किनकी भोली छिट्टै हामी हुर्किने छौँ ।

बयस्क बन्ने छौ । हामीले घरबार चलाउनु पर्ने हुन्छ । विवाह बन्धनमा बाधिनु पर्ने हुन्छ । जुन समय हामीलाई उपलब्ध छ त्यो भोली नरहन सक्छ । जुन उत्साह र जागर तपाई हामीसँग छ त्यो भोली नरहन सक्छ , यसर्थ बर्तमान समयलाई हामीले चिन्नु पर्छ । हामीले जति सक्दो ज्ञान आर्जन गर्नु पर्छ । ज्ञान नै शक्ति हो । जिन्दगीको बालीनाली लगाउने बेला नै यही हो । भोली यो उमेर यो मौसम बितेर जानेछ ।

तसर्थ तपाई हामीले आफ्नो औषत पढाईलाई समयमा नै सक्नु पर्छ । आफ्नो सम्पूर्ण समय काम तथा आफुलाई आवस्यक तथा अनावश्यक पर्ने रकम जोहो गर्नभन्दा ज्ञान हाँसिल गर्नमा व्यतित गर्न पर्छ । यसका लागी शेयर बजार तपाई हामीका लगी उपयुक्त ठाउँ हो । जहाँ तपाई हामीले कुनै पनि बाधा अड्चन नभई आफू आत्मस्वाबलम्बन हुदै आफ्नो पढाईलाई निरन्तरता दिन सक्छौ । कुनै पनि बिद्यार्थीले आफु पढ्ने बिद्यालयमा लाग्ने शुल्क तिर्न साथसाथै पढ्न लेख्नका लागि आवस्यक पर्ने सामाग्री सजिलै जुटाउन सक्छौ ।

आफ्ना अभिबावक संग आसित नभई आफु आत्म स्वाबलम्बन बन्न सक्छौ । जहाँ तपाई हामीले अधिकांश समय ज्ञान आर्जन गर्नमा ब्यतीत गर्दै शेयर बजारबाट कम समय दिएर पढाई खर्च निकाली सानो उमेर बाट नै आत्म स्वाबलम्बन बन्न सक्छौ । यो एउटा तपाई हामीका लागी सुनौलो र सुवर्ण अवसर हो तसर्थ आजैबाट आफ्नो अनि परीवारको खाता खोली सेयर हाल्न थाली हाल्नुस ।

नोटः स्मरण रहोस यहाँ हरेक कुराको राम्रो अनि नराम्रो पक्ष रहेको हुन्छ । यसरी नै शेयर बजारको पनि राम्रो अनि नराम्रो पक्ष रहेको छ । यहाँ प्राथमिक बजारका फाइदा बारे मात्र उल्लेख गरिएको छ । प्राथमिक बजार छाडेर दोस्रो बजारमा पाइला टेक्नु पूर्व यथेष्ट अध्ययनको जरुरी रहेको छ ।

(लेखक अधिकारी महालक्ष्मी विकास बैंक झापामा कार्यरत रहेका छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?