लकडाउन अघि र पछिका ६ दिनमा स्वास्थ्य मन्त्रालयले भन्यो- ‘तथ्यांक खासै फरक छैन’

काठमाडौ । नेपालमा लकडाउन खुला भएपनि कोरोना संक्रमितको संख्या खासै नबढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमवार नियमित प्रेस ब्रिफिङ मार्फत लकडाउन अघिका ६ दिन र पछिको ६ दिनको औषत प्रतिशतको आधारमा कोरोना जोखिम बढेको भएपनि संक्रमित संख्या धेरै नबढेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार लकडाउनको ६ दिन अघि संक्रमितको औषत प्रतिशत ३ दशमलव २ र लकडाउन खुलेको ६ दिनको औषत प्रतिशत ३ दशमलव ३ रहेको छ । बितेको २४ घण्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै कुल संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

हालको अवस्थामा एक्टिभ केस अर्थात् उपचाररत संक्रमितको संख्या जम्मा ४ हजार ९ सय ५० रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?