काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ६ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ रहेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित मध्ये ७३.३५ प्रतिशत संक्रमित संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ७८९ जना
प्रदेश २ मा २९७२ जना
वाग्मती प्रदेश ५१७ जना
गण्डकी प्रदेशमा १२०४ जना
प्रदेश ५ मा ३९१० जना
कर्णाली प्रदेशमा १५०८ जना
सुदूरपश्चिम प्रदेशमा २७५४ जना
नेपालमा आज (सोमवार) थप १३९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सप्तरीका २१ जना, सिरहाका १ जना, धनुषाका १० जना, महोतरीका १० जना, पर्साका १८ जना, काभ्रेपलान्चोकका १ जना, ललितपुरका ३ जना, पर्साका २ जना, काठमाडौंका ३ जना, कास्कीका ३ जना, बाँकको १ जना, रुपन्देहीका १ जना, सुर्खेतका १ जना, दैलेखका २८ जना, सल्यानका २ जना, बैतडीका ४ जना गरी बितेको २४ घण्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया