काठमाडौं । नेपालमा आज (सोमवार) थप १३९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालका यी २ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका छन् ।
यी हुन् ५०० भन्दा बढी संक्रमित भएका २ जिल्ला
- रौतहट
- कैलाली
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सप्तरीका २१ जना, सिरहाका १ जना, धनुषाका १० जना, महोतरीका १० जना, पर्साका १८ जना, काभ्रेपलान्चोकका १ जना, ललितपुरका ३ जना, पर्साका २ जना, काठमाडौंका ३ जना, कास्कीका ३ जना, बाँकको १ जना, रुपन्देहीका १ जना, सुर्खेतका १ जना, दैलेखका २८ जना, सल्यानका २ जना, बैतडीका ४ जना गरी बितेको २४ घण्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया