आज नेकपा स्थायी कमिटी बैठक बस्दै, यसकारण बैठक नसर्नेमा ढुक्क छ, ओली ईतर समूह !

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

गत असार १० गतेयता ८ पटकसम्म स्थगित गरीएको नेकपा स्थायी कमिटी बैठक पछिल्लोपटक गत ६ गते केहि घण्टालाई सारेर फेरी एक सातापछि आज मंगलबारसम्म लागि स्थगित गरीएको थियो ।

पार्टीमा देखिएको आन्तरीक कलह सतहमा देखिन थालेको ४ महिना पूरा भईसक्दा कुनैपनि निष्कर्ष ननिस्कीएका कारण नेकपा स्थायी कमिटी बैठक मिती तय गर्दै स्थगित गरिँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई पद (प्रधानमन्त्री र पार्टी अध्यक्ष) मध्ये एक खाली गर्नको लागि प्रचण्डले गरेको प्रस्तावमा उनले सिधै ‘रिजेक्ट’ गरेपछि सचिवालयका बहुमत सदस्यले दुवै पदबाट राजीनामा मागिरहेका छन् ।

यसअघि यहि किचलोका कारण स्थायी कमिटी बैठक रोकिईरहनुले जनतामा नराम्रो प्रभाव पर्नसक्ने भन्दै पछिल्लो समय पार्टीको दोस्रो वरीयताका नेताहरु भेटघाट र लामो छलफलमा जुटेका थिए । यो बीचमा हिजो (सोमबार) आजको स्थायी कमिटी बैठक कुनैपनि बहानामा नरोक्ने र यदि पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा आएनन् वा सहमतिमा आएनन् भने बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने ओलीइतर समूहले निर्णय गरेको थियो ।

त्यसो त स्थायी कमिटी बैठकका अधिकांश सदस्य पछिलो समय ओलीसँग रुष्ट छन् । सचिवालयमा पनि ओलीईतर समूहको बहुमत पुग्दछ ।

त्यसैले पटक पटक गरी ८ पटकसम्म र २ पटक केहि घण्टापछि बस्ने भन्दै स्थगित गरिएको बैठक केहि निर्णायक होला कि !  भन्ने मान्न सकिन्छ । यसैकारण आजको स्थायी कमिटी बैठक नरोकिनेमा ओलीईतर समूह प्रष्ट छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा हिजो (सोमबार) बसेको बैठकले ओलीले कुनै पद पनि नछोड्ने र पार्टी विवाद व्यवस्थापनका लागि पहल पनि नगर्ने अवस्था दोहोर्‍याईरहेका कारण पार्टी विवाद जटिल बनाएको भन्दै यस्तो निर्णय गरेका थिए । बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

यसअघि हिजो (सोमबार) बिहान नै प्रचण्डले गृहमन्‍त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ सँग पनि छलफल गरेका थिए।

यसअघि ओलीले विवाद साम्य पार्ने निर्मम अस्त्रको रुपमा ‘अर्ली महाधिवेशन’ को कार्ड फ्याँकेर केहि समय पार्टीलाई ‘अल्मल्याउन’ सफल भएका थिए ।

अर्ली महाधिवेशनको प्रस्तावपछि केहि साम्य जस्तो देखिएका प्रचण्डको शितलनिवास र बालुवाटारको दौडादौड बढेपछि प्रचण्डसँग चिढीएका नेता नेपालसहित पार्टीको दोस्रो वरीयतामा रहेका नेताहरु बैठकमा ‘बहुमत सचिवालय सदस्यको निर्णयको आधारमा अघि बढ्ने’ निर्णयमा सहमत छन् ।

त्यसैले आजको बैठक नरोकिएला सचिवालयका एक सदस्यले लोकपथसँग कुराकानीका क्रममा बताए । आन्तरिक विवाद चुलिएका कारण स्थायी कमिटी बैठक असार १८ गते यता बस्न सकेको छैन।

थप ओली- प्रचण्ड टाढिए

३ दिनअघि प्रचण्डले ओली पार्टी फुटाउन लागिपरेको आशयको अभिव्यक्ति दिएसँगै दुई नेता थप टाडिएका छन् ।

यही लफडाका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवाद थप पेचिलो बन्दै भएको छ ।

हिजो सोमबार दिनभर ओली इतरका नेताहरु छलफलमा जुटेका थिए ।

बैठक बिहान ११ बजे बालुवाटारमा बस्नेछ ।

गत असार १० गते स्थायी कमिटीको पाँचौँ बैठक ७ ओटा एजेण्डा तय गरी छलफल सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?