कोमल ओलीलाई भित्र्याउँदै एमाले, बन्लिन त सांसद ?

काठमाडौं, ७ असोज ।राप्रपा केन्द्रीय सदस्य गायिका कोमल ओलीले राप्रपा परित्याग गर्ने भएकि छन । राप्रपाको महाधिवेशनबाट अत्यधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकि ओली एमाले प्रवेश गर्न लागेकि छन ।कोमललाई आगामि सोमवार एमाले अध्यक्ष केपि ओलीले पार्टी प्रवेश गराउन लागेका हुन । कोमललाई एमालेमा भित्र्याउन एमाले अध्यक्ष ओली दाङ जाने भएका छन ।रेडियो नेपालको सरकारी जागिर छोडेर राप्रपा प्रवेश गरेकि कोमल केन्द्रीय सदस्य निर्वाचित भएको एकबर्ष नपुग्दै राप्रपा तीन धारमा विभाजित भएपछि एमाले प्रवेश गर्न लागेकि हुन । कोमलले यसबीचमा एमाले प्रवेशका लागि माधव नेपाल लगायतका पार्टी नेताहरुसँग छलफल गरेकी थिइन ।कोमल ओलीले स्थायी कमिटी सदस्य शंकर पोखरेलमार्फत एमाले प्रवेशका लागि वार्ता चलाएकी हुन । पोखरेल र ओली दाङको एउटै क्षेत्रका हुन । दाङको तुलसीपुर र घोराही उपमहानगरपालिका सहित बहुसंख्यक स्थानीय तह जितेपछि एमाले दाङमा प्रभाव बढाउने रणनीतिमा छ ।कोमल ओलीलार्ई एमाले प्रवेश गराउँदा चुनाव जित्न सहज हुने देखेर एमाले नेता पोखरेल खटिएका थिए ।गायिका कोमल ओली र नायिका रेखा थापा एकसाथ राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । राप्रपा फुटेपछि ओली कमल थापा समूहमा थिइन भने रेखा पशुपतिसमशेर राणाको राप्रपा प्रजातान्त्रिकमा लागेकि छन ।कोमल ओलीलाई एमालेले प्रदेशसभाको प्रत्यक्ष वा प्रतिनिधिसभाको समानुुपातिकतर्फको सांसद बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ । जताबाट भए पनि कोमल अब एमालेबाट सांसद बन्ने सम्भावना रहेको उनी निकट स्रोतले बतायो । तर कोमलले भने प्रतिनीधि सभा सदस्यका लागि दाङबाट प्रतयक्ष निर्वाचन लड्ने चाहाना राखेकि छन ।राजनीतिमा खासै ठुलो परिचय नभएता पनि रेडियो नेपालको समाचार वाचिका र लोक गायिकाका रुपमा कोमल चर्चित छन । उनको सेलिब्रेटी चार्मलाई बिकाएर निर्वाचन जित्ने दाउमा एमाले रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?