काठमाडौं । कोरोनाको संक्रमण अहिले तीव्र रुपमा जताततै व्याप्त छ । भारतमा पनि कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गईरहेको छ ।
यसैबीच कोरोनाको डरबाट जागिर जाने डरले भारतको कर्नाटकमा एक परिवारका सबै जनाले आत्महत्या गरेका छन् ।
भारतको कर्नाटकस्थित धारवाडमा भएको यो घटनाले सबैलाई मर्माहित बनाएको छ ।
परिवारमा रहेका तीन जना सदस्यले नै कोरोनाको कारण जागिर जान सक्ने भन्दै आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
पुलिसले शवको नजिकमा एक सुसाइड नोट भेट्टाएको छ । यो घटना शनिवार भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अहिले उक्त विषयमा अनुसन्धान भईरहेको छ । भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३२ हजार ८६६ जनाको मृत्यु भएको छ भने १४ लाख ४० हजार ३७१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ५४ जनाको मृत्यु भएको छ भने ४ हजार ३५२ जना नयाँ संक्रमित थपिएका छन् ।
भारतमा ४ लाख ८६ हजार २०२ जना संक्रमित उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ९ लाख २१ हजार ३०३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया