काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता भने हात पार्न सकेका छैनन् ।
यसैबीच भारतको तेलंगनास्थित करीमनगरमा एक कोरोना संक्रमितको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको छ ।
करीमनगरको एक सरकारी अस्पतालमा भर्ना भएका उक्त संक्रमितको बेडबाट लडेका कारण मृत्यु भएको हो ।
आईवार भएको यो घटनामा ७० वर्षीय एक कोरोना संक्रमित रहेको भारतीय सञ्चारमाध्यमहरले बताएका छन् ।
उक्त संक्रमितलाई २२ जुलाईमा अस्पताल भर्ना गरिएको थियो । मृतकलाई श्वास फेर्नमा समस्या थियो, जसका कारण उनलाई अक्सिजन दिइएको थियो । तर आईवार भने बेड उनी लडे र अक्सिजन पाएनन् ।
जसका कारण उनको मृत्यु भएको थियो । वार्डमा रहेका अन्य मानिसले यो जानकारी तत्काल अस्पताललाई दिए पनि अस्पतालले कुनै कदम नउठाएकोले उनको मृत्यु भएको बताइएको छ ।
उक्त व्यक्ति श्वास फेर्न नपाएर तड्पिएको अवस्थामा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया