काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आईसीसी क्रिकेट विश्वकप सुपर लिग को घोषणा गरेको छ । आईसीसीले सोमबार एकदिवसीय विश्वकप छनोटको रुपमा रहेको विश्वकप सुपर लिगको घोषणा गरेको हो ।
विश्वकप सुपर लिग एकदिवसीय फर्म्याटको हुनेछ जसमा १३ टोलीको सहभागिता रहनेछ । यहिँ जुलाई ३० मा साउथह्याम्पटनमा हुने इंग्ल्यान्ड र आयरल्याण्डबीचको खेलसँगै विश्वकप सुपर लिग शुरु हुने आईसीसीले जनाएको छ ।
विश्वकप सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्यान्ड्ससहित १३ टिमले प्रतिस्पर्धा गर्ने छन् । सन् २०१५/१७ को आईसीसी विश्व क्रिकेट सुपर लिग विजेता भएको कारण नेदरल्यान्ड्स छनोट भएको आईसीसीले जनाएको छ ।
हरेक टोलीले होम एण्ड अवेका आधारमा ३ खेलको ४ र ४ सिरिज खेल्नेछ ।
विश्वकप सुपर लिगको शीर्ष ७ टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया