अभिनेत्री विजयलक्ष्मीद्वारा आत्महत्याको प्रयाश

काठमाडौं । टलिउड अभिनेत्री विजयलक्ष्मीले मानसिक तनावका कारणआत्महत्याको प्रयाश गरेकी छन् ।

आत्महत्याको प्रयाश गर्ने क्रममा उनलाई बचाउन सफल भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

विजयलक्ष्मीले यो भन्दा पहिला पनि केहि भिडियोजहरु बनाएर सोसल मिडियामा शेयर गरेकी थिइन् । उनले सोसल मिडियाले आफूलाई धेरै तनाव दिएको बताएकी थिइन् ।

आईतवार उनले एक भिडियो पोस्ट गरेकी थिइन्, र उनले भनेकी थिइन्, ‘मैले केहि ब्लड प्रेसरको औषधि खाएको छु, जसका कारण ब्लड प्रेशर कम हुँदै जान्छ र मृत्यु हुन्छ ।’

अहिले अस्पतालमा उनको उपचार भईरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?