५७ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

काठमाडौं । रोल्पामा ५७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

५७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा नगरपालिका-१ खेवासे बस्ने ३६ वर्षीय शेर बहादुर पुनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पुनले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेपछि प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?