काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखालाई वाङ्ला पब्लिक सेफ्टी ट्रेडिङ सेन्टरले आज १० हजार प्रदान गरेका छन् ।
आज आयोजित कार्यक्रममा वृद्ध, अशक्त र गम्भीर रोगका बिरामी पत्रकारलाई सहायता गर्न स्थापना गरिएको कोषमा जम्मा गर्न सञ्चालक भरत आचार्यले शाखाका अध्यक्ष शन्तराम बिडारीलाई उक्त रकम प्रदान गरेका हुन् ।
यसअघि सेन्टरले शाखालाई करिब रु २५ हजार मूल्यको कीटनाशक औषधि छर्कने दुई यन्त्रका साथै केही औषधि प्रदान गरेको थियो ।
त्यसैगरी झिल्को डटकमका कार्यकारी सम्पादक कृष्ण लेकालीले पनि सोही कोषमा जम्मा गर्न आजै १० हजार प्रदान गरेका छन् । अध्यक्ष बिडारीले समाचार सङ्कलन तथा प्रवाहमा खटिएका सञ्चारकर्मी गम्भीर रोग लागेर बिरामी पर्दा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको जानकारी दिँदै आगामी भदौसम्म कोषमा कम्तीमा रु पाँच लाख पुर्याउने लक्ष्य रहेको बताएका छन् ।
अध्यक्ष बिडारीले आफ्नो जन्म दिनका अवसरमा गत असार २९ गते रू १० हजार प्रदान गरेर शुरुआत गरेको कोषमा अहिलेसम्म रू ५५ हजार सङ्कलन भइसकेको र विभिन्न सङ्घ संस्था तथा समाजसेवीबाट सहयोगका लागि रकम थपिने प्रतिबद्धता आइरहेको शाखाका उपाध्यक्ष सूर्य सुवेदीले जानकारी दिए ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया