काठमाडौं । सर्वोच्च अदालतले सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
पार्टीको निर्णय विरुद्ध गिरीले असार २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
तत्कालिन समाजवादी पार्टीले गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशित गरेको थियो । सो निर्णय अवैधानिक भएको भन्दै उनी अदालत पुगेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया