गण्डकीमा थपिए ३ कोरोना संक्रमित

काठमाडौं । पोखरा महानगरपालिकामा एकसहित गण्डकीमा ३ कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै प्रदेशको कुल संक्रमित संख्या १ हजार ३ सय ७५ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकामा एक पुरुष र नवलपुरमा एक पुरुष र एक महिला गरि २ जना संक्रमित थपिएका छन् ।

कुल संक्रमितमध्ये १ हजार १ सय १४ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना संक्रमणबाट प्रदेशमा ४ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?