काठमाडौं । सरकारले आफुहरुसँग गरेको सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुले गितार बजाएर विरोध गरेका छन ।
आइतबार बसन्तपुरमा समूहका युवाहरुले आफ्ना माग पुरा गर्नुपर्ने मागसहित गितार बजाएर विरोध गरेका हुन् । सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका मा राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो ।
स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारी र अनसनकारी समूहको तर्फबाट ई र पुकार बमले गरेको सहमतिमा आरडीटी परीक्षण स्थगित गर्ने, पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र समाजमा पुनस्थापना गराउने सहमति भएको थियो ।
यस्तै कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो । आफुहरुसँग सरकारले समझदारी गरेपनि कार्यान्वयन नगरेको भन्दै युवाहरुले गितार बजाएर विरोध जनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया