सानादेखि ठुला भ्रष्ट्राचार गर्नेलाई अख्यिारका प्रमुख आयुक्त घिमिरेको यस्तो चेतावनी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको बताएका छन् ।

१ रुपैयाँ घुस खाने र अर्बौ रुपैयाँ खाने दुबै भ्रष्टाचारी भएकाले साना र ठूला मापन नगरी कारवाही गर्ने गरिएको उनले बताए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा उनले भने, ‘१ रुपैयाँ घुस खाने भ्रष्टाचारी होस वा अर्बौ खाने भ्रष्टाचारी आयोगका दृष्टिकोणमा भ्रष्टाचारी नै हो । हामी कसैलाई साना र ठूला मापन गरेर हेर्दैनौँ ।’ प्रमुख आयुक्त घिमिरेले अहिले घुस लिने मोडालिटी समेत भ्रष्टाचारीहरुले परिवर्तन गर्ने गरेको बताए । कतिपय स्टिङ अपरेशनका क्रममा छिमेकी मुलुक भारतमा गएर घुस बाफतको रकम लिने, अर्काको खातामा रकम जम्मा गर्न लगाउने प्रवृति देखिएको उनले बताए ।

स्थानीय तहमा भ्रष्टाचार बढेको उनले बताए । एउटा वडाध्यक्षले समेत करोडमा घुस लिने सूचनाहरु आयोेगसँग रहेको घिमिरेको भनाई छ । उनले भने, ‘‘अहिले एउटा वडाध्यक्षले करोडमा घु लिने सूचनाहरु हामीसँग छ । त्यो करोड एउटा नागरिकले कहाँबाट प्राप्त गर्ला । कहिलेकाँही स्टिङ अपरशेनका क्रममा आयोग आफैले पैसा उपलब्ध गराउनुपर्ने अवस्था आउँछ । तर पछिल्लो समय घुसियाहरुको संगठनले स्टिङ अपरेशन चलाउनु हुँदैन भनेर सर्वोच्चमा मुद्दा हालेका छन् । देशका वरिष्ठ कानूनविदहरु अहिले त्यो मुद्दा लडिरहेका छन् । हामी फेस गरिरहेका छौँ ।’’

प्रमुख आयुक्त घिमिरेले स्थानीय तहका जनप्रनिधिहरुको सम्पत्ति छानबिनमा आयोग सक्रिय रहेको बताए । उपभोक्ता समितिले ठेक्का लगाएर काम गराउने प्रवृतिले पनि भ्रष्टाचार बढाएको उनले बताए । स्काभेटर चालक इञ्जिनियर भएर उनीहरुले आफ्नै डिजाइनमा जहाँ पनि चलाउने गरेको उल्लेख गर्दै उनले भने, ‘‘दाजु वडाध्यक्ष हुने भाइ स्काभेटरको मालिक हुने र काम सुरु गरी हाल्ने प्रवृति छ । यस्तो अवस्था हुँदा समेत आयोग किन निर्मम ढंगले जान सकेन भन्ने प्रश्न उठ्ला ? अहिले स्थानीय तह प्रदेश कानून निर्माणको चरणमा पनि छन । यो संक्रमणकालको अवस्थामा निर्मम ढंगले जाँदा प्रणालीमाथि प्रश्न उठ्ने होकी भन्ने चिन्ता छ । तर यसको अर्थ भ्रष्टाचारसँग अख्तियार सम्झौत किमार्थ गर्दैन । अहिले पनि २ हजारबढी स्थानीय तहका विषयहरुमा अनुसन्धान भइरहेको छ ।’’

घिमिरेले सरकारलाई पटक पटक नीतिगत निर्णयको व्याख्या गर्न आग्रह गर्दा पनि सम्बोधन हुन नसकेको बताए । भ्रष्टाचार अख्तियार एक्लैले नियन्त्रण गर्न सक्ने विषय नभएकाले सबैको एकिकृत र समन्वयात्मक प्रयत्न भए मात्रै न्यनूकरण गर्न सकिन बताए । कसैले भ्रष्टाचारलाई निर्मुला पार्छु भन्ने दावी ग¥यो भने त्यो निरर्थक विषय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?