सप्तरी उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सप्तरीको उच्च अदालतका एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

त्यसैगरी सप्तरीमा एक जना न्यायाधीश, प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए ।

यस अघि उच्च अदालतका सहसचिव स्तरको एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको एक साता नबित्दै उच्च अदालतकै न्यायाधीशमा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?