नेपालमा कुल १३ हजार १२८ जना संक्रमण मुक्त, कुन प्रदेशका कति ?

काठमाडौं । नेपालमा आज (आईतवार) थप १३० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६१३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

कुन प्रदेशमा कति भए संक्रमणमुक्त ?

प्रदेश १ मा ७७५ जना

प्रदेश २ मा २९४४जना

वाग्मती प्रदेश ४६८

गण्डकी प्रदेशमा ११५१ जना

प्रदेश ५ मा ३९०३ जना

कर्णाली प्रदेशमा १५८५ जना

सुदूरपश्चिम प्रदेशमा १२३२ जना

त्यस्तै, नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १ जना , मोरङका २६ जना , ईलामका ८ जना, सिरहाका १ जना , सुनसरीका २ जना, उदयपुरका १ जना, तेर्‍हथुमका १ जना, धनुषाका १ जना, महोत्तरीका २ जना, पर्साका १ जना, काठमाडौंका ८ जना, दाङका १ जना, नुवाकोटका १ जना, सोलुखुम्बुका २ जना, पर्साका ३ जना नवलपरासी पूर्वका २ जना, रौतहट १ जना र मकवानपुरका १ जना, बाराका १ जना, कास्कीका ३ जना, गोरखाका २ जना, रुपन्देहीका १ जना, अर्घाखाँची १ जना, बाँकेका २ जना, बर्दीया ६ जना, जुम्लाका १ जना, रोल्पाका ३ जना, दैलेखका २५ जना, सुर्खेतका ३ जना, अछामका १४ जना, बाजुराका ३ जना र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?