स्वास्थ्य मन्त्रालयले भन्यो- यी ६ जिल्लामा छैनन् एक जना पनि कोरोना संक्रमित

काठमाडौं । नेपालको ७७ जिल्लामध्ये अहिले ६ जिल्लामा एक जना पनि  कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका ६ जिल्ला

  • भोजपुर
  • मुस्ताङ
  • मनाङ
  • पाँचथर
  • रसुवा
  • संखुवासभा

नेपालमा आज (आईतवार) थप १३० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६१३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १ जना , मोरङका २६ जना , ईलामका ८ जना, सिरहाका १ जना , सुनसरीका २ जना, उदयपुरका १ जना, तेर्‍हथुमका १ जना, धनुषाका १ जना, महोत्तरीका २ जना, पर्साका १ जना, काठमाडौंका ८ जना, दाङका १ जना, नुवाकोटका १ जना, सोलुखुम्बुका २ जना, पर्साका ३ जना नवलपरासी पूर्वका २ जना, रौतहट १ जना र मकवानपुरका १ जना, बाराका १ जना, कास्कीका ३ जना, गोरखाका २ जना, रुपन्देहीका १ जना, अर्घाखाँची १ जना, बाँकेका २ जना, बर्दीया ६ जना, जुम्लाका १ जना, रोल्पाका ३ जना, दैलेखका २५ जना, सुर्खेतका ३ जना, अछामका १४ जना, बाजुराका ३ जना र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार १२८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?