आईतवार काठमाडौं उपत्यकामा थपिएका सबै संक्रमित काठमाडौंका

काठमाडौं । काठमाडौं उपत्यकाका आठ जनामा आईतवार कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका सबै संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

आइतवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंका ८ सहित १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा तीन जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं दुई जना र स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा तीन जनामा गरि जम्मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज भेटिएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (आईतवार) थप १३० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६१३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १ जना , मोरङका २६ जना , ईलामका ८ जना, सिरहाका १ जना , सुनसरीका २ जना, उदयपुरका १ जना, तेर्‍हथुमका १ जना, धनुषाका १ जना, महोत्तरीका २ जना, पर्साका १ जना, काठमाडौंका ८ जना, दाङका १ जना, नुवाकोटका १ जना, सोलुखुम्बुका २ जना, पर्साका ३ जना नवलपरासी पूर्वका २ जना, रौतहट १ जना र मकवानपुरका १ जना, बाराका १ जना, कास्कीका ३ जना, गोरखाका २ जना, रुपन्देहीका १ जना, अर्घाखाँची १ जना, बाँकेका २ जना, बर्दीया ६ जना, जुम्लाका १ जना, रोल्पाका ३ जना, दैलेखका २५ जना, सुर्खेतका ३ जना, अछामका १४ जना, बाजुराका ३ जना र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार १२८ पुगेको छ ।

नेपालमा हिजो (शनिवार) १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?