एकैदिन २० प्रहरीमा कोरोना पुष्टि

काठमाडौं । एकैदिन २० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत २० जना प्रहरीलाई कोरोना देखिएको हो ।

गत शुक्रबार प्रदेश कार्यालयमा कार्यरत पाँच प्रहरीमा कोरोना पुष्टि भएसँगै १६० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा उनीहरुमध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?