ब्लग : यस कारण युवा पुस्ताले १४ औँ महाधिवेशन बहिष्कार गरौँ !

आकाश भण्डारी । काठमाडौं । नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) ले १८ वर्षकै उमेरमा पार्टीको साधारण सदस्यता लिएको ३५ वर्ष उमेर मुनीको कुनै सदस्यलाई पार्टीको १६ औँ महाधिवेशन अगाडि पार्टीको जिल्ला समितिको सभापति, प्रदेश समिती र केन्द्रिय समितीको सदस्यको उम्मेद्वार बन्नबाट निषेध गर्दछ।

यो विधानले १८ वर्षकै उमेरमा पार्टीको साधारण सदस्यता लिएको ४० वर्ष उमेर मुनीको कुनै सदस्यलाई पार्टीको १६ औँ महाधिवेशन अगाडि पार्टीको प्रदेश समिती र केन्द्रिय समितीको सभापतिको उम्मेद्वार बन्न समेत निषेध गर्दछ।

विधानको मौजुदा व्यवस्था अनुसार नेपाली कांग्रेसको १६ औँ महाधिवेशन १० वर्ष पछी सन २०३० ( वि.सं २०८७) मा हुनेछ।

यस विधानमा भएका ुनिरन्तर कृयाशील रहनुपर्नेु अवधीको न्युनतम हदबन्दीका शर्तले जीवनको ४ दशक सम्म एक कृयाशील सदस्यलाई पार्टीको नेतृत्व प्रकृयामा सहभागी हुनबाट बञ्चित गर्दछ।

युवालाई नेतृत्व प्रकृयामा प्रतिस्पर्धा गर्न बाटै बन्चित गर्ने उदेश्यले निर्माण गरिएको राजनैतिक पार्टी त्यो मुलुकको भविष्यको साझेदार पार्टी कसरी बन्न सक्दछ जुन मुलुकको आधा जनसंख्या २४ वर्ष उमेर मुनीको छ ।

साथै खुल्ला समाज र खुल्ला राजनैतिक संस्थाहरुको वकालत गर्नुपर्ने एक प्रजातान्त्रिक पार्टीको आफ्नै आन्तरिक संरचना यति संकुचित र बन्द हुन सक्दछ ?

पार्टीको वर्तमान नेतृत्व तहमा एक जना पनि ४० मुनिको युवा छैन, त्यसकारण सजिलैसँग यो नेतृत्व आम कृयाशील सदस्यका लागि नेतृत्व प्रकृया खुल्ला राख्ने एजेन्डासँग सहमत हुँदैन, भएनन। उमेरमा आधारित पूर्ण सिन्डिकेटले एक पार्टी सदस्यको राजनैतिक हत्या मात्र होइन, आम कार्यकर्ता माझ नैराश्यता सिर्जना गर्दछ।

संसारभरी नै नेपाली कांग्रेस भन्दा पुराना र प्रजातान्त्रिक पार्टीहरुले पनि नेतृत्व प्रकृयालाई खुल्ला मात्र होइन, केन्द्रीय नेतृत्व तहमा युवाहरुको उपस्थितीलाई सुनिश्चित गर्न २७ र ३० वर्ष उमेर मुनिका सदस्यका लागि रिजर्वेसनको व्यवस्था समेत गरेका छन।

नेपाली कांग्रेसको मौजुदा विधानका निरंकुश, क्रुर र अलोकतान्त्रिक प्रावधान संसोधन नगरि १४ औँ महाधिवेशनको प्रकृया सुरु नगरौँ।

यसका लागि व्यापक दबाब सिर्जना गरौँ। केही त बोलौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?