आइसोलेसन वार्डबाट के भने अमिताभले ?

काठमाडौं । कोरोना भाइरसको उपचार गराईरहेका बलिउड महानायक अमिताभ बच्चन अहिले नानावती अस्पतालमा उपचाररत छन् ।

उनी आईसोलेसनमा बसेर उपचार गराईरहेको १५ दिन भएको छ । उनको परिवारका छोरा अभिषेक, बुहारी तथा पूर्व विश्वसुन्दरी ऐश्वर्य राय बच्चन र नातिनी आराध्या समेत चार जनालाई कोरोना संक्रमण भएको थियो ।

उनीहरु सबै अहिले नानावती अस्पतालमा उपचाररत छन् । उनले आइसोलेसनमा बसेर उपचार गर्दाको आफ्नो १५ दिनको अनुभव सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

उनले शुरुमा आफ्नो अवस्था बताउँदै भनेका छन्, ‘म राती अँध्यारोमा र कोल्ड रुममा गीत गाउँछु, निन्द्राको लागि आँखा बन्द गर्ने प्रयाश गर्दछु । नजिक कोहि पनि हुँदैन, यस्तोमा मानिसहरुलाई झनै मानसिक तनाव पुग्ने उनले बताएका छन् ।’

उनले लेखेका छन्, ‘उपचार गराउनेबाहेक अन्य कोहि पनि मानिस देख्न पाइदैन । यहाँ त अझ सबै डाक्टरहरुको काम पनि रोबोटिक छ । यहाँ मात्र औषधिको लागि मेडिकल नर्स र डाक्टर आउँछन् ।तर उनीहरु सबै पीपीई युनिटमा आउँछन्, त्यसैले केहि पनि देखिँदैन । तपाईलाई कहिल्यै थाहा हुँदैन कि, उ को हो ?, निगरानी गर्ने डाक्टर पनि कहिल्यै नजिक आउँदैनन् ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?