चार जना प्रहरी कर्मचारीमा कोरोनाको आशङ्का

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरी कर्मचारीमा कोरोना संक्रमणको आशङ्का गरिएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज गरिएको कोरोना परीक्षणमा चारजनामा ज्वरोको लक्षण देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए ।

“चारजनामा ज्वरोको लक्षण देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका छौँ, बेलुकासम्म आधिकारीक रिपोर्ट आउँछ,” उनले भने । प्रहरी प्रधान कार्यालयका अनुसार ती कर्मचारी प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कार्यरत छन् ।

चार प्रहरीमा कोरोनाको लक्षण देखिएपछि सो शाखामा कार्यरत अन्य प्रहरीको पनि कन्ट्याक ट्रेसिङबाट स्वाब सङ्कलन कार्य शुरु गरेको बताइएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?