दाङमा जीपको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । दाङमा जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका-८ पिपरीस्थित सडकमा बा २० च ५७४४ नम्बरको जिपले शनिबार साँझ ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ४८ वर्षीय राज कुमार चौधरी र ८ वर्षीय निशान चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका राजकुमारको मेडिकल कलेज कोहलपुर बाँकेमा र निशानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका अन्य ३ जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?