ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । सल्यानमा प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

बागचौर नगरपालिका-२ स्थित सडकमा अस्थाई प्रहरी पोष्ट बाग्चौरबाट खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका खरिबोट बस्ने २७ वर्षीय ईश्वर भण्डारी र २३ वर्षीय दोर्ण गिरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

गिरीले चलाएको रा ४ प २८१२ नम्बरको मोटरसाइकलमा सवार भण्डारीले मादक पदार्थ सेवन गरी दाङबाट बागचौर नगरपालिकातर्फ जाँदै गरेको लु २ च १२०५ नम्बरको जीप चालकलाई दुर्व्यवहार गरी गाडीको चाबी समेत खोसेका थिए ।

घटनाबारे प्रहरीले सोधपुछ गर्नेक्रममा प्रहरी कर्मचारीहरूलाई समेत हातपात गरेपछि ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?