सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ले तोड्यो रेकर्ड 

काठमाडौं । स्वर्गीय बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म दिल बेचारा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज भएको छ ।

फिल्मलाई लिएर दर्शकको धेरै राम्रो भएको प्रतिक्रिया दिईरहेका छन् । सोसल मिडियामा पनि अहिले चर्चाको विषय बनेको छ ।

फिल्म शुक्रवार राती भिडियो स्ट्रीमिङ एप हटस्टारमा रिलिज भएको छ । भिडियो हेर्न करोडौँ दर्शकले हटस्टार खोलेपछि वेबसाइट क्रयाश भएको छ ।

फिल्म दिल बेचाराले रिलिज भएको केहि घण्टामै रेकर्ड तोडेको हो । सुशान्तका फ्यान्सले यो फिल्मलाई यति धेरै मन पराए कि, एक समयमा त आईएमडीबीमा फिल्मलाई १० मा १० नै रेटिङ मिलेको थियो ।

फिल्मको रेटिङ करिव १२ मिनेटसम्म आईएमडीबीमा १० मा १० नै रेटिङ मिलेको थियो । जो आफैमा एउटा नयाँ रेकर्ड हो ।

सुशान्तको यो फिल्मले कमल हसनको अन्बे शिवम, सत्यजीत रेको पाथेर पञ्चाली र राजेश खन्न र अमिताभ बच्चनका टप रेटेड रहेका भारतीय फिल्मलाई पनि पछारेको छ ।

भारतमा पहिलोपटक आईएमडीबीको रेटिङ सर्भर क्रयाश भएको हो । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गत जून १५ मा बान्द्रस्थित आफ्नै घरमा झुढिडएर आत्महत्या गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?