३ कार्तिक २०७८, बुधबार

प्रदेश नम्बर २ को अन्तिम नतिजा आउँदै, यस्तो छ नालीबेली

२०७४,आश्विन,७,शनिवार ०८:११


काठमाण्डौं, ७ असोज ।सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको अब मात्र ३१ स्थानको नतिजा आउन बाँकी रहेको छ । शनिबार साढे १ बजेसम्म १०५ स्थानीय तहको नतिजा आइसकेको छ । जसअनुसार कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, माओवादी केन्द्र १९, राजपा १७, एमाले १२, फोरम लोकतान्त्रिक ३ तथा नयाँ शक्ति र जनता दल १–१ स्थानीय तहमा विजयी भएका छन् ।नतिजा आउन बाँकी ३१ तह मध्ये ८ स्थानमा कांग्रसको अग्रता छ । यस्तै फोरम, माओवादी केन्द्र र राजपाको ५–५ तहमा अग्रता रहँदा एमालेको ७ तहमा अग्रता रहेको छ । यस्तै जनता दलको पनि १ स्थानमा अग्रता रहेको छ ।मत गणना सकिन वीरगन्ज महानगरपालिका र जनकपुर, जीतपुर र सीमरा उपमहानगरपालिकामो समेत बाँकी रहेको छ ।सोमबार प्रदेश नम्बर २ को ८ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार ०८:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राजविराज । लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्‍याएको छ । काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान

राजविराज । सप्तरीको राजविराजमा बुधवारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना

राजविराज । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग

जलेश्वर । बडादसैँको घटस्थापनासँगै महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिर आजदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको

ताजा समाचार