काठमाडौं । सत्तारूढ दल नेपाल कम्यम्युनिस्ट पार्टीभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक भएको वार्ता सहमति जुट्न सकेको छैन ।
विगत एक महिनादेखि निरन्तरत संवादमा जुट्दासमेत सहमति कायम हुन नसकेपछि प्रचण्डले पार्टीभित्र सामान्य परिस्थिति नरहेको र पार्टीकै अध्यक्ष ओलीको निर्देशनमा एमाले पार्टी दर्ता भएको अभिव्यक्ति दिएपछि थप विवाद सिर्जना भएको छ ।
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने मागबाट पछि हट्दै कार्यकारी अध्यक्ष लिएर सहमति कायम गर्न तयार भएका प्रचण्डको अभिव्यक्तिले पार्टीभित्र पुनः नयाँ विवाद सिर्जना गरेको छ ।
प्रचण्डको नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनुु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्टी संकटपूर्ण अवस्थामा पुगेको अभिव्यक्तिले नेकपाभित्र थप संकट सिर्जना भएको छ ।
पछिल्लो भेटवार्ता सकारात्मक बन्न नसकिरहेका बेला प्रचण्डले पार्टी विभाजनतिर जान सक्ने संकेत गरेपछि करिब समाधानतर्फ पुग्न लागेको विवाद बल्झिएको छ । आजको नेपाल समाचारपत्रमा ‘टाढिँदै पूर्वएमाले र पूर्वमाओवादी’ शीर्षकमा विस्तृतमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया