काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ४५ हजार २ सय २१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ६० लाख ७५ हजार ४ सय ६ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ९८ लाख २१ हजार ८ सय ६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार १ सय ८१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४८ हजार ९ सय ६७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २९ हजार ७ सय ४० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४२ लाख ७८ हजार ६७ पुगेको छ । हालसम्म २० लाख ३६ हजार ७ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १९ हजार ६९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ७७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या २३ लाख ४८ हजार २ सय पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ८५ हजार ३ सय ८५ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १५ लाख ९२ हजार २ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा ब्राजिलमा कोरोनाको कुनै असर नदेखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३२ हजार ८९ पुगेको छ । बितेको २४ घण्टामा ४६ हजार ८ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १३ लाख ८३ हजार ८ सय ५४ पुगेको छ । हालसम्म ८ लाख ८४ हजार ६ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ८३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार १ सय ९२ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ८ सय ७१ जनामा कोरोना पुष्टि भएको र १ सय ४६ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ६ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ९७ हजार १ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३ सय ४३ पुगेको छ । हालसम्म ४ लाख २१ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ । भने संक्रमितमध्ये २ लाख ४५ हजार ७ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
पेरुमा हालसम्म पेरुमा १७ हजार ८ सय ४३ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ३ लाख ७५ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ५९ हजार ४ सय २३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय ८९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ७ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ७८ हजार २ सय ८५ पुगेको छ । हालसम्म कोरोनाको कारण ४२ हजार ६ सय ४५ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ७ सय ३७ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा २ लाख ४२ हजार ६ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ८ सय ८९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार २० पुगेको छ । चिलिमा बितेको २४ घण्टामा २ हजार २ सय ८८ बढीमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ५ सय ९२ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख १६ हजार १ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ६ सय ३६ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय ३२ पुगेको छ । हालसम्म ३ लाख १९ हजार ५ सय १ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ स्पेनमा कोरोनाको कुनैपनि असर नदेखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया