काठमाडौं । नवलपरासीमा सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बर्दघाट नगरपालिका-४ शान्तिनगर बस्ने सिता भट्टराईको ४ वर्षीय छोरा शिबम् भट्टराई सोही नगरपालिका शिवकोलनी बस्ने मामा नाता पर्ने चिन्तामणी तिवारीको घरमा बन्दै गरेको सेफ्टी ट्याङकीमा डुबेर शुक्रबार मृत्यु भएको हो ।
खेल्दै जाने क्रममा सेफ्टी ट्याङकीमा रहेको पानीमा डुबी रहेको अवस्थामा फेला पारी उपचारको लागि चिसापानी सामुदायिक अस्पताल बर्दघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया